रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान सकियो, दुई घण्टाभित्र परिणाम आउने दाबी

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यका लागि मतदान सकियो, दुई घण्टाभित्र परिणाम आउने दाबी

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सकिएको छ।

पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सकिएको हो।

गएराति १२ बजेदेखि सुरू भएको विद्युतीय मतदान अहिले साढे १२ बजे सकिएको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय सदस्यका लागि कुल ३७९ जनाले उम्मेदवारी दर्ता गराएका थिए।

मतदान कार्य सम्पन्न भइसकेकाले अबको दुई घण्टाभित्र चुनावी परिणाम सार्वजनिक गरिने निर्वाचन समितिको दाबी छ।

असार ११, २०८३ बिहीबार १२:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।