रास्वपाको निर्वाचन समय फेरि सर्यो : बुधवार बेलुका साढे १० बजेबाट बिहीबार ११ बजेसम्म
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन समितिले मतदानको मिति पुन सार्दै बुधवार बेलुका साढे ११ बजेबाट बिहीबार बिहान ११ बजेसम्म बनाएको छ। तीन दिनमा महाधिवेशन सक्ने तयारी गर्दै महाधिवेशन सुरु भए पनि महाधिवेशन प्रतिनिधि टुंगो नलाग्दा महाधिवेशनको समय निरन्तर बढिरहेको हो। बुधवार समेत पटक पटक निर्वाचनको समय सारियो। अन्तमा बेलुका साढे १० बजेबाट मतदान सुरु गरेर बिहीबार ११ बजेसम्म समय तोकियो।
पहिला सभापति र निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यका लागि मतदानको तयारी भएको थियो। मंगलबार एकल उम्मेदवार परेकाले सभापतिमा रवि लामिछाने सर्वसम्मत भइसकेका छन्। निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यका लागि ३ सय ५० जना बढीको उम्मेदवारी परेको छ। गुटगत रूपमा उम्मेदवार नबन्न पार्टीका शीर्ष नेताहरूले चेतावनी दिए पनि महाधिवेशन प्रतिनिधीहरुलाई समूहगत सूची पठाउने क्रम बढिरहेको छ।
केन्द्रीय सदस्यहरूको निर्वाचनपछि उनीहरूमध्येबाटै बाँकी पदाधिकारी निर्वाचित हुनेछन्। पदाधिकारीमा निर्वाचित भन्दा सभापतिले मनोनीत गर्नेहरूको संख्या धेरै राखिएको छ।
असार १०, २०८३ बुधबार २२:२३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।