प्रतिनिधिसभाको बैठकको मिति सर्यो, शुक्रबार दिउँसो १ बजे बस्ने
काठमाडौं : प्रतिनिधिसभाको भोलि (असार ११ गते) का लागि बोलाइएको बैठक शुक्रबारका लागि सारिएको छ।
सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तोकेको जानकारी दिए।
चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ।
राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ।
असार १०, २०८३ बुधबार १६:०१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।