एमाले नेता विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

एमाले नेता विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति
फाइल तस्बिर

काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पूर्वमन्त्री एवं एमाले नेता विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ। सोमबार सुर्खेतमा पक्राउ गरेर पौडेललाई मंगलबार काठमाडौं ल्याइएको थियो।

मंगलबारै विभागले न्यायिक हिरासतमा राख्न अनुमति माग्दै उनलाई विशेष अदालतमा पेस गरेको थियो।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सरकारी पक्षले कांग्रेसका नेता तथा २०८२ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नु प्रसाद शर्मा पौडेलको बयान, श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई विक्री गर्न दबाब दिएकोबारे टोबाकोका सञ्चालकको बयान लगायतका आधारमा अनुसन्धान गर्नुपर्ने भन्दै २० दिन हिरासतमा राख्ने अनुमति मागेको थियो।

पौडेलको पक्षका अधिवक्ताहरूले चुन्नुप्रसाद पौडेलकै प्रतिस्पर्धी उम्मेदवार रहेको र उनीसँग कुनै आर्थिक लेनदेन भएको प्रमाण नरहेको र श्रीराम टोबाकोको शेयर पौडेल वा उनको परिवारको नाममा नभई अन्य कुनै निजी कम्पनीले किनेको भन्दै उनलाई हिरासतमा राख्न आवश्यक नरहेको भन्दै धरौटीमा छाड्न माग गरेका थिए। तर अदालतले पहिलो पटक सात दिन हिरासतमा राख्न अनुमति दियो।

सम्बन्धित समाचार

असार ९, २०८३ मंगलबार २०:११:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।