कांग्रेस रुपन्देहीका नेता चुन्नुप्रसादको बयान र श्रीराम टोबाकोको शेयर विक्रीमा अनुसन्धान गर्न एमाले नेता पौडेल पक्राउ
काठमाडौं : कांग्रेसका नेता तथा २०८२ को प्रतिनिधि सभा सदस्य चुन्नु प्रसाद शर्मा पौडेलको बयान र श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर विक्रीबारे अनुसन्धान गर्न एमाले नेता विष्णु पौडेल पक्राउ परेको खुलेको छ। विशेष अदालतमा जारी म्याद थपको बहसकोक्रममा पौडेको पक्षका अधिवक्ताहरूले निर्वाचनका एक प्रतिस्पर्धीको बयानको आधारमा पौडेललाई पक्राउ गरेको भन्दै हाजिर जमानीमा छाड्न माग गरेका हुन्।
श्रीराम टोबाकोको २० प्रतिशत सेयर किनेको विषयमा समेत पौडेल संलग्न रहेको विभागले दाबी गरेको खुलेको छ। टोबाकोको २० प्रतिशत सेयर हिमालयन एसेस्ट म्यानेजमेन्ट प्रालिले किनेको थियो। सो शेयर बेच्न पौडेल अर्थमन्त्रीहुँदा दबाब दिएको र त्यसबाट आर्थिक लाभ लिएको विभागको दाबी छ।
हिमालयनमा दीपक भट्टको लगानी रहेको इन्फिनिटी होल्डिङ्सको शत प्रतिशत शेयर लगानी रहेको छ। सरकारी पक्षबाट भएको बहसमा पौडेलले दबाब दिएर शेयर विक्री गर्न लगाएको दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दामा दीपक भट्टमाथि चलेकै मुद्दाको पूरक अनुसन्धानका लागि पौडेल पक्राउ परेको दाबी गरेका थिए।
चुन्नुप्रसाद शर्मा रुपन्देहीबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले जितेका थिए। सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा विष्णु पौडेल सोमबार सुर्खेतमा पक्राउ परेका थिए। उनलाई मंगलबार काठमाडौं ल्याएर विशेष अदालतमा पेस गरेको थियो।
पौडेलको पक्षमा बहस गर्नेहरुले प्रतिष्पर्धी उम्मेदवारको बयान, टोबाकोको सेयर विक्रीमा कतै संलग्न नदेखिएको र कमलकिशोर मालपानीको शेयर विक्री शंकास्पद भए त्यसबारे निर्वाचनको बेलामा उनको कम्पनीको गाडी प्रयोग गर्ने (वालेन्द्र शाह) लाई पक्राउ गर्न इजलासमा माग गरेका थिए। सरकारी पक्षले पौडेललाई थुनामा राख्न २० दिनको म्यादको माग गरेका छन्।
असार ९, २०८३ मंगलबार १८:१६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।