रास्वपाको प्रथम महाधिवेशन, हिजो स्थगित भएको बन्दसत्र आज हुने तालिका

रास्वपाको प्रथम महाधिवेशन, हिजो स्थगित भएको बन्दसत्र आज हुने तालिका

काठमाडौं : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गतको बन्दसत्र एक दिन ढिलो गरी आजदेखि सुरु हुँदैछ।

बन्दसत्रका लागि आज बिहान ७ बजेदेखि नै प्रतिनिधि परिचयपत्र वितरण सुरु गर्ने तालिका भए पनि अझै सुरू हुन सकेको छैन।

उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठनात्मक प्रतिवेदन महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गर्ने कार्यसूची छ।

विधान संशोधनको प्रतिवेदन पार्टी सहमहामन्त्रीद्वारा प्रस्तुत हुने तालिका छ भने पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने कार्यसूची छ।

राजनीतिक प्रतिवेदन अनुमोदन भएपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने भनिएको छ।

त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ र आयोगले निर्वाचन प्रक्रिया तथा तालिका सार्वजनिक गर्नेछ।

असार ९, २०८३ मंगलबार ०७:४०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।