एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं : एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सुर्खेतबाट पक्राउ गरिएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा प्रहरीले उनलाई सोमबार अपराह्न पक्राउ गरेको हो। पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि सुर्खेत पुगेका पौडेललाई शुभम होटलबाट पक्राउ गरिएको थियो।

पोखरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलले पुष्टि गरे। उनका अनुसार उपाध्यक्ष पोखरेलाई हाल सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

उपाध्यक्ष पोखरेललाई नेपालगन्ज पुर्याएर त्यहाँबाट जहाजमा काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए। बिचौलिया दिपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंका छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हालै दीपक भट्टविरुद्ध मुद्दा दायर गरेको थियो।

उपाध्यक्ष पौडेल कार्यदलको टोलीसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको भेला सकेर कर्णाली प्रदेशको सुझाव संकलनका लागि सुर्खेत पुगेका थिए। 

असार ८, २०८३ सोमबार १८:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।