कांग्रेसका ‘सादगी’ नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। नेपाली कांग्रेसभित्र ‘सादगी’ नेताका रूपमा चिनिएका उनी पछिल्ला केही वर्षदेखि दम रोगबाट पीडित थिए।
काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा गए राति उनको निधन भएको जानकारी उनका छोरा महेश खरेलले दिए। महेश पाँचखाल नगरपालिकाका प्रमुख हुन्।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलका माइला सन्तानका रूपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मेका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
आफ्नो संसदीय यात्राका क्रममा उनी शिक्षा राज्यमन्त्री तथा महिला, बालबालिका र समाजकल्याण मन्त्रीसमेत बनेका थिए।
असार ८, २०८३ सोमबार ०९:३४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।