कुनै ललिपपको लोभमा रास्वपाको समर्थन नगरेको बाबुरामको दाबी
काठमाडौं : डा बाबुराम भट्टराईले आफूले कुनै लोभमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन नगरेको बताए। रास्वपाको महाधिवेशन शुभकामना दिँदै उनले भने 'के ललिपप देख्यो भन्ने गरिन्छ। तर यो उमेरमा के ललिपप खोज्नु। सुशासन र सम्बृद्धीको फल नयाँ पुस्ताले पाओस् भन्ने मात्र चाहन्छु।'
उनले नेपालमा षड्यन्त्रको सिद्धान्त रहेको र आफ्नो पुस्ताका साथीहरूमा अहिलेको परिवर्तन दक्षिणले गरायो कि उत्तरले गरायो भन्ने भ्रम रहेको भन्दै यसमा भ्रमित हुन आवश्यक नरहेको दाबी गरे। उनले रास्वपाले पाएको जनमत सुशासनको पक्षमा रहेको बताए। निर्वाचनमा चुपचापको नारा सफल भएको अब चुपचाप सुशासनको पक्षमा काम गर्नुपर्ने बताए।
महाधिवेशनबाट विचार नीतिलाई प्रस्ट पार्ने र नयाँ नेतृत्व चयन गर्ने अवसर भएको र पार्टी सभापति र वरिष्ठ नेतामा रवि लामिछाने र वालेन्द्र शाहलाई नै बनाउने मन बनाइसकेको अनुभव गरेको भन्दै छोटो अवधिमा मन्त्रीपरिषद्मा रहेकाहरूले देखाएको झिल्को सकारात्मक रहेको बताए।
उनले सुधन गुरुङले जल्दोबल्दो युवाको रूपमा काम गरिरहेको भन्दै नयाँ शक्तिमा नेतृत्व महत्वपूर्ण हुने र विधानमा केही अस्पष्टताहरू रहेको त्यसलाई प्रस्ट पार्न अनुरोध गरे। बहुदलीय लोकतन्त्रमा भिन्न विचार पनि हुने भन्दै उनले भिन्न विचारलाई चेप्ने काम नगरी सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे।
असार ७, २०८३ आइतबार १७:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।