उद्घाटन सत्रमै सभापति र वरिष्ठ नेतामा सर्वसम्मत हुने भन्दै रवि र वालेन्द्रलाई एमाले नेताको शुभकामना

उद्घाटन सत्रमै सभापति र वरिष्ठ नेतामा सर्वसम्मत हुने भन्दै रवि र वालेन्द्रलाई एमाले नेताको शुभकामना

काठमाडौँ : निर्वाचनको प्रक्रिया सुरु हुनु अगाडि नै एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति र वरिष्ठ नेतामा रवि लामिछाने र वालेन्द्र शाह सर्वसम्मत बराबर भइसकेको भन्दै बधाई दिए। उनले पार्टीको महाधिवेशनले नीतिसँगै नेतृत्व पनि चयन गर्ने भन्दै दुई जना सर्वसम्मत बराबर भएको भन्दै उद्घाटनमै बधाई दिए।

उनले सबैभन्दा महत्वपूर्ण पार्टीको नीति हुने भन्दै पहिलो महाधिवेशनबाट रास्वपाले कस्तो नीति लिन्छ भन्ने महत्वपूर्ण भएको बताए। उनले भुईँ मान्छे, संविधानवाद् र विधिको शासनमा रास्वपाले लिने नीति निकै महत्वपूर्ण हुने बताए। उनले जनमत प्राप्त गर्नु निकै महत्वपूर्ण रहेको र युवाहरूलाई आकर्षित गरेर रास्वपाले पाएको जनमत महत्वपूर्ण रहेको बताए। उनले यो जनादेशलाई लोकतन्त्रको सुदृढीकरणमा लगाउन शुभकामना दिए।

विधिको शासन लगायतका पक्षमा सरकारले गरेका केही गतिविधिले संशय बढाउने काम गरेको भन्दै उनले भने "काम गर्ने हुटहुटी देखिन्छ। तर गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ। ब्रेक नथिची एक्सिलेटरमात्र थिच्दा दुर्घटना पनि हुनसक्छ।" उनले अहिले सरकारको जे गतिविधि देखिएको छ त्यो अपवाद बनोस् भन्दै विधिको शासनलाई बलियो बनाउन रास्वपा सफल होस् भन्दै शुभकामना दिए।

असार ७, २०८३ आइतबार १७:०३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।