रास्वपा महाधिवेशनमा लिङदेनले भने "बालेनले राजा ल्याउँछन् भनेर भोट दिनेहरू पनि छन्"

रास्वपा महाधिवेशनमा लिङदेनले भने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको पक्षमा रहे पनि बालेनले राजा ल्याउँछन् भनेर फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिनेहरू रहेको दाबी गरे।

रास्वपाको पहिलो महाधिवेशनको उद्घाटनमा बोल्दै उनले समस्या पुरानो दल र नेताहरू मात्रै नभई संवैधानिक प्रावधानहरू पनि समस्या रहेको दाबी गर्दै उनले यसबारे पुनर्विचार गर्न आग्रह गरे।

उनले रास्वपाले पाएको जनमतको सम्मान गर्न आग्रह गर्दै निषेधको राजनीति नगर्न आग्रह गरे। उनले आफ्नो दल सहकार्यका लागि तयार रहेको र गलत काम गरेमा खबरदारी गर्न तयार रहेको बताए।

असार ७, २०८३ आइतबार १६:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।