प्रधानमन्त्री वालेन्द्रको प्रशंसा गर्दै सिके राउतले भने 'ए अलग हि बन्दा है'

प्रधानमन्त्री वालेन्द्रको प्रशंसा गर्दै सिके राउतले भने 'ए अलग हि बन्दा है'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा बोल्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेनको मस्त प्रशंसा गरे। मधेसी समुदायबाट पहिलो प्रधानमन्त्री चयन गरेकोमा उनले रास्वपालाई धन्यवाद पनि दिए। प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसदप्रति गरिरहेको अवज्ञा र उनको सल्लाहकार टिमले संवैधानिक निकाय लगायतमाथि बढाएको दबाबले आलोचना बढिरहेको छ। सिकेले भने प्रधानमन्त्री वालेन्द्रको काम शैली फरक रहेको भन्दै भने "ए अलग हि बन्दा है।"

उनी राजनीतिक विषय भन्दा पनि रवि लामिछाने र वालेन्द्र शाहको प्रशंसामा केन्द्रित भएका थिए। उद्घाटन सभामा शुभकामना दिँदै उनले प्रधानमन्त्री वालेन्द्रको कालो पोसाकको समेत प्रशंसा गरे। भारतीय नायक देवानन्दले कालो पोसाक लगाउँदा केही महिलाले आत्महत्या गरेकाले उनलाई कालो पोसाक लगाउन भारत सरकारले प्रतिबन्ध लगाएको किंवदन्ती सुनिन्छ।

सिके राउतले प्रधानमन्त्री वालेन्द्रले लगाउने कालो पोसाकको प्रशंसा गर्दै कुन दिन प्रतिपक्षीहरूले उनलाई कालो पोसाक लगाउन प्रतिबन्ध लगाउने माग गर्न सक्ने भन्दै व्यङ्ग्य गरेका थिए।

असार ७, २०८३ आइतबार १६:२५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।