गृहमन्त्री सुधनले रास्वपा महाधिवेशनस्थलको पानी हटाउन सिडिओलाई निर्देशन दिए
चितवन : गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थलमा जमेको पानी हटाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। रास्वपाका सांसद समेत रहेका उनले गृहमन्त्रीको हैसियतमा महाधिवेशनस्थलको अवलोकन गरेका थिए। शनिवार बेलुका परेको पानीका कारण महाधिवेशनस्थलमा पानी जमेको छ।
जमेको पानी हटाउन र पुर्न लोडरसहित प्रयोग गरेर माटोले पुर्ने काम भइरहेको छ। त्यही बेलामा निरीक्षणमा पुगेका गृहमन्त्री गुरुङले महाधिवेशनस्थलको व्यवस्थापनको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।
रास्वपाको पहिलो महाधिवेशन आइतबारबाट तीन दिन हुँदैछ। आज आइतबार २ बजे उद्घाटन सत्र हुँदैछ। त्यसपछि बन्द सत्रबाट निती पारित गरेर नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ।
असार ७, २०८३ आइतबार १२:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।