रास्वपा महाधिवेशन स्थलमा पानी जमेपछि माटो राखेर सम्याइँदै
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको छ।
गएराति परेको वर्षाका कारण महाधिवेशनको उद्घाटनस्थल चितवनको गेस्ट हाउस चौरमा पानी जमेपछि डोजर प्रयोग गरी माटो हालेर स्थान सम्याउने काम भइरहेको छ।
चैत ७, ८ र ९ गते हुने पहिलो महाधिवेशनको उद्घाटन सत्र भरतपुरको यही गेस्टहाउस चौरमा हुनेछ। यसको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर गर्ने तयारी छ।
महाधिवेशनको बन्द सत्रका कार्यक्रमहरू भने चितवन उद्योग संघको हलमा सञ्चालन हुने गरी व्यवस्थापन मिलाइएको छ।
असार ७, २०८३ आइतबार ११:४०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।