रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार शुल्क, ५१ जना समर्थक चाहिने

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार शुल्क, ५१ जना समर्थक चाहिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र  संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ। 

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शनिबार सूचना जारी गर्दै महाधिवेशनमा विभिन्न पदका आकांक्षीका लागि लाग्ने शुल्क, आवश्यक प्रस्तावक, समर्थक र अन्य कानुनी कागजातबारे जानकारी गराएको हो।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ। सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था गरिएको छ।

पार्टीको केन्द्रीय पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने छन्।

यस्तै, केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ तोकिएको छ। पदाधिकारी र केन्द्रीय सदस्य दुवै पदमा उम्मेदवारी दिनका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने छ। 

असार ७, २०८३ आइतबार १०:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।