रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : यो महाधिवेशनले पार्टी अझ परिपक्व बनोस्

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : यो महाधिवेशनले पार्टी अझ परिपक्व बनोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले रास्वपाको आगामी राजनीतिक यात्रा र प्रथम महाधिवेशनको सफलताको शुभकामना दिएका हुन्। 

शुभकामना सन्देशमा उनले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले प्राप्त गरेको जनसमर्थन र राजनीतिक उपस्थितिलाई प्रशंसनीय भनेका छन्। 

रास्वपाले छोटो समयमै आफूलाई राष्ट्रिय राजनीतिमा बलियो रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै थापाले सभापति रवि लामिछानेको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय रहेको बताएका छन्।

प्रथम राष्ट्रिय महाधिवेशनलाई रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा थापाले चित्रण गरे। 

उनले भनेका छन्, "यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधान प्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु।"

असार ७, २०८३ आइतबार ०८:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।