रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको तयारी र विधान संशोधन मुख्य एजेन्डा
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार चितवनको भरतपुरमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा उक्त बैठक बस्न लागेको हो।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक शनिबार दिउँसो १ बजे भरतपुरस्थित होटल सिएमटीको बैठक हलमा आयोजना गरिएको छ। बैठकमा उपस्थितिका लागि पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको छ।
बैठकमा आगामी राष्ट्रिय महाधिवेशनको तयारी र पार्टीको विधान संशोधन लगायतका विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए। यसका अलावा महाधिवेशन प्रतिनिधि, प्रस्तुत हुने प्रतिवेदन र अन्य समसामयिक विषयमा पनि छलफल हुने उनले बताए।
पार्टीले आइतबारदेखि चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि आवश्यक नीति, प्रतिनिधि छनोट र प्रतिवेदन तयारीका विषयमा यस बैठकमा विस्तृत छलफल गरी निर्णय गर्नेछ।
असार ६, २०८३ शनिबार ०७:४१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।