छ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन, देशका अन्य क्षेत्रमा फैलिन अझै समय लाग्ने

छ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन, देशका अन्य क्षेत्रमा फैलिन अझै समय लाग्ने

काठमाडौं : यस वर्षको मनसुनी प्रणाली छ दिन ढिलो गरी शुक्रबारदेखि पूर्वी भू-भागबाट नेपाल प्रवेश गरेको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन हाल कमजोर अवस्थामा रहेको छ।

नेपालमा मनसुन भित्रिने औसत समय जुन १३ तारिख भएता पनि यस वर्ष औसतभन्दा ६ दिन ढिलो गरी मनसुनको आगमन भएको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका केही भागमा मात्र सक्रिय रहेको मनसुन प्रणाली देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने पूर्वानुमान अनुमान छ।

असार ५, २०८३ शुक्रबार १९:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।