नेप्से परिसूचक २७ सय माथि, साढे ४ अर्ब बढीको सेयर कारोबार
काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३१ अङ्कले उकालो लागेर चार सय ६३ दशमलव ९८ मा पुग्यो।
कारोबार भएका आधारमा कूल ११६ कम्पनीको सेयर मूल्य बढ्यो। यस्तै, १४० कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
कूल तीन सय ५३ कम्पनीको एक करोड नौ लाख २२ हजार पाँच सय २५ कित्ता सेयर चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८८/८७ शीर्ष स्थानमा छ। यस्तै, ग्लोबल आइएमई बैंकको डिवेञ्चर २०८४/८५, सोपान फर्मासिटिकल्स, आँखु खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, अपोलो हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सर गुराँस लघुवित्तको सेयरधनीले कमाएका छन्।
यस्तै, बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिवेञ्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले भने गुमाएका छन्।
असार ५, २०८३ शुक्रबार १५:३५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।