प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मतिले पारित
काठमाडौं : प्रतिनिधिसभाले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको राष्ट्र ऋण उठाउन बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भनी पेस गरिएको विधेयक सर्वसम्मतिले पारित भएको हो।
उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामर्थ्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए।
उनले अर्थतन्त्रको आकारको अनुपातमा ऋण भारको तुलना गर्नुपर्नेमा जोड दिँदै पुरानो ऋण ३० खर्ब रहेको सभालाई जानकारी गराए।
आर्थिक अनुशासनभित्र रही बजेट ल्याएको बताउँदै वाग्लेले भने, “तुलनात्मक रूपमा ऋण पनि थपिएन र बजेट पनि सन्तुलित आकारको छ। आन्तरिक राजस्व उठाएर बजेट कार्यान्वयन गर्छौं।”
असार ५, २०८३ शुक्रबार १५:२६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।