जगदम्बा मोटर्सद्वारा नयाँ रङमा ‘टिभिएस एन्टर्क १२५ रेस एक्सपी’ सार्वजनिक
काठमाडौं : नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ रङ (ब्लेज ब्लु) मा ‘टिभिएस एन्टर्क १२५ रेस एक्सपी’स्कुटर सार्वजनिक गरेको छ।
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रमका बीच जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यस नयाँ स्कुटरको अनावरण गरे।
सार्वजनिक गरिएको ब्लेज ब्लु एडिसनमा नयाँ रङसँगै ग्राफिक्स र डिजाइनमा केही परिमार्जन गरिएको छ।
यस स्कुटरले प्रतिलिटर ५० किलोमिटर माइलेज (परीक्षण गरिएको) दिने र यसमा 'लाइफटाइम वारेन्टी' को सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष रौनियारले नेपाली युवा राइडरहरूमाझ एन्टर्क शृङ्खलाले बलियो पहिचान बनाएको उल्लेख गर्दै नयाँ भेरियन्टले ग्राहकको बदलिँदो रोजाइलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
स्कुटर सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।
नयाँ ब्लेज ब्लु एन्टर्क स्कुटर देशभर रहेका टिभिएसका आधिकारिक डिलर नेटवर्क तथा शोरुमहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
असार ५, २०८३ शुक्रबार ११:५१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।