आज फेरि घट्यो सेयर बजार, कारोबार ३ अर्ब ४१ करोडमा खुम्चियो

आज फेरि घट्यो सेयर बजार, कारोबार ३ अर्ब ४१ करोडमा खुम्चियो

काठमाडौं : बुधबार सामान्य बढेको सेयर बजार बिहीबार फेरि घटेको छ। आज नेप्से परिसूचक ५.०६ अंकले घटेरर २७०० विन्दुमा पुगेको छ। 

कारोबार रकम पनि घटेको छ। आज तीन अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन तीन अर्ब ६३ करोड ७५ लाख बराबरको कारोबार भएको थियो।

७७ वटा कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने १४ वटा कम्पनीको स्थिर रह्यो। 

बैंकिङ ०.०२, फाइनान्स ०.२०, माइक्रोफाइनान्स ०.०४ तथा व्यापार ०.३१ प्रतिशत बढे। विकास बैंक ०.५६, होटल तथा पर्यटन ०.४४, जलविद्युत् ०.१२, लगानी ०.६२, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३० तथा अन्य ०.८६ प्रतिशत घटे।

एपोलो हाइड्रोपावरको १५ प्रतिशत र सोपान फर्मास्युटिकल्सको मूल्य  १४.९ प्रतिशत बढ्यो। 

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्स, बुंगल हाइड्रो र सिद्धार्थ बैंक छन्।

असार ४, २०८३ बिहीबार १५:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।