आफू मन्त्री बन्नुको कारण खुलाउँदै महावीरले भने " म त यस्तो हैन दाजै पिरतीले जोगी बनायो"

आफू मन्त्री बन्नुको कारण खुलाउँदै महावीरले भने

काठमाडौं : विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू मन्त्री बन्नुको कारणबारे संसदमा प्रस्टीकरण दिँदै बिहीबार भने"म त यस्तो हैन दाजै पिरतीले जोगी बनायो" भने गीत जस्तै भयो। उनले आफ्नो मन्त्रालयको बजेटबारे प्रतिनिधि सभाका उठेको प्रश्नहरूको जवाफ दिँदै आफू सांसद अनि मन्त्री बन्ने व्यक्ति नभएको तर देश र गाउँको पिरतीले सांसदहुँदै मन्त्री बनेको दाबी गरे।

उनले आफूलाई मन्त्री बनाएकोमा सरकारलाई धन्यवाद दिँदै नेपालमा नवप्रवर्तनको अवधारणा भर्खर बढ्दै गएको भन्दै विकसित देशहरूले आविष्कार गर्ने र नेपाल जस्ता देशहरूले त्यही आविष्कारलाई नवप्रवर्तन गरेर व्यवसायीक प्रयोजनमा प्रयोग गर्नु पर्ने बताए। उनले आफूले पनि राष्ट्रिय आविष्कार केन्द्र भनेर नामकरण गरेको तर त्यो बेलामा इनोभेसनको नेपाली शब्द खोज्दा नभेटेकाले आविष्कार केन्द्र नाम राखे पनि काम भने नवप्रवर्तनको भएको बताए।

विज्ञान मन्त्रालय वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि बनेको नयाँ मन्त्रालय नभई २०५३ सालमै स्थापना भएको र विभिन्न मन्त्रालयहरूसँग जोड्नेक्रममा सातौँ चरणमा आएर एकल मन्त्रालय भएको बताए।

मन्त्रालय गठन भए पनि विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय काम हुन नसकेको भन्दै अब त्यसमा केन्द्रित हुनु पर्ने बताए। नवप्रवर्तनका लागि आवश्यक बजेटको अभाव रहेको र केन्द्रसँगै हरेक प्रदेशले समेत विज्ञान, प्रविधि र नवप्रवर्तनमा बजेट छुट्याए एकीकृत रूपमा काम गर्न सकिने उनले बताए।

असार ४, २०८३ बिहीबार १२:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।