उदयपुरमा  पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरीको मृत्यु

उदयपुरमा  पौडी खेल्ने क्रममा खोलामा डुबेर किशोरीको मृत्यु

गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो।

शवलाई बुधबार रातिनै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।

असार ४, २०८३ बिहीबार १०:३५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।