इनड्राइभ र डीजीओबीच साझेदारी, ‘राइड एन्ड विन’ मार्फत विश्वकप फुटबल पास जित्ने अवसर
काठमाडौं : राइड-हेलिङ प्लेटफर्म इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म ‘डीगो’बीच व्यावसायिक सहकार्य भएको छ।
आगामी विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणलाई सहज बनाउने उद्देश्यले दुई कम्पनीले संयुक्त रूपमा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक गरेका छन्।
यो अभियान आगामी १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ।
उत्तर अमेरिकी समय अनुसार हुने खेलहरू नेपालमा मध्यरात र बिहान प्रसारण हुने भएकाले मोबाइल तथा डिजिटल प्लेटफर्मबाट खेल हेर्न चाहने दर्शकहरूलाई लक्षित गरी यो योजना ल्याइएको हो।
योजना अन्तर्गत हप्तामा कम्तीमा एक पटक इनड्राइभ एपमार्फत यात्रा गर्ने प्रयोगकर्ताले डीगो फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट पाउनेछन् भने हप्तामा तीनवटा राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वतः गोलाप्रथामा सहभागी हुनेछन्, जहाँ उनीहरूले नि:शुल्क डीगोओ फुटबल सिजन पास जित्न सक्नेछन्।
पाँच हप्ता चल्ने यस अभियानभरि साप्ताहिक रूपमा करिब ५०० का दरले कुल २५ सय वटा नि:शुल्क पास वितरण गरिनेछ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेल र डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाले यस सहकार्यले नेपाली खेलप्रेमीहरूलाई आफ्नो दैनिक यात्राका साथै सहज र किफायती रूपमा विश्वकप फुटबलका प्रत्यक्ष खेलहरू हेर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन्।
असार ४, २०८३ बिहीबार ०९:३०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।