पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा आबद्ध गराउन १ करोड विनियोजन
हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारहरूलाई सामाजिक सुरक्षा कोष र बिमामा आबद्ध गराउने तयारी गरेको छ।
स्वतन्त्र प्रेसको सम्मानका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा कार्यक्रममा सहभागी गराउन एक करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार प्रदेशका १३ जिल्लामा हाल २ हजार ५ सयभन्दा बढी क्रियाशील पत्रकार छन्।
सरकारले विनियोजन गरेको यो बजेटले पत्रकारहरूको पेसागत सुरक्षामा ठूलो सहयोग पुग्ने बताउँदै उनले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
साथै, सञ्चार क्षेत्रको हित र प्रवर्द्धनका लागि बजेटमा समेटिएका अन्य विभिन्न कार्यक्रमहरूलाई पनि पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न उनले सम्बन्धित सबै पक्षसँग आग्रह गरे।
असार ४, २०८३ बिहीबार ०७:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।