जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्स सुविधा: एमएडब्लु अर्थमुभर्स र एभरेस्ट बैंकबीच सम्झौता
काठमाडौं : एमएडब्लु अर्थमुभर्स प्रालि र एभरेस्ट बैंक लिमिटेडबीच जेसीबीका ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारी पत्र मा हस्ताक्षर भएको छ।
उक्त समझदारी पत्रमा एमएडब्लु अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव र एभरेस्ट बैंक लिमिटेडका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्।
सहमतिमा जेसीबी लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ।
ऋण स्वीकृति प्रक्रियालाई थप सरल र ग्राहकमैत्री बनाउन आवश्यक सम्पूर्ण कागजातहरू पेस गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने उल्लेख छ।
ग्राहकहरूले एभरेस्ट बैंक लिमिटेडका देशभर रहेका जुनसुकै शाखामार्फत सहज रूपमा यो वित्तीय सुविधा प्राप्त गर्न सक्ने सहमतिमा उल्लेख छ।
असार ३, २०८३ बुधबार २०:४०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।