बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु
बारा : बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
आफ्नै एकतले पक्की घरको छतबाट खसेर ५० वर्षीय सोभालाल चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १:३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए। टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो।
चौधरीलाई कोल्हवीस्थित तामागढी अस्पतालबाट थप उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो। उनको बिहान करिब ५ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए।
असार २, २०८३ मंगलबार ११:१५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।