संसदमा मन्त्री बोलाउन रोस्टममा सांसद राइको धर्नापछि बैठक स्थगित

संसदमा मन्त्री बोलाउन  रोस्टममा सांसद राइको धर्नापछि बैठक स्थगित

काठमाडौं : बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएको विरोधमा सांसद राजेन्द्र राईले प्रतिनिधि सभाको|रोस्टममा उभिएर विरोध गरेपछि सभामुख डीपी अर्याल संसद् बैठक स्थगित गर्न बाध्य भए।

सोमबार प्रतिनिधि सभामा नौ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको थियो। तर सम्बन्धित मन्त्री संसदमा थिएनन्।

राइले बोल्न  १० मिनेट समय पाएपछि रोष्टममा गएर सम्बन्धित मन्त्रालयको मन्त्री उपस्थित नभएसम्म बोल्नुको अर्थ नभएको भन्दै बोलेनन् अनि रोष्टम पनि छाडेनन्।

‘आज नौ मन्त्रालयको बजेटमाथि छलफल छ, तर दुई मन्त्री मात्रै छन्,’ सांसद राईले संसदमा भने, 'नौ मन्त्री त अनिवार्य चाहियो नि। खै मन्त्री?’

त्यसपछि उनी रोस्टममा चुपचाप उभिएपछि सभामुख अर्यालले बोल्न आग्रह गरे तर मन्त्रीहरू नआउँदासम्म नबोल्ने बताए। सभामुख अर्यालले पटक पटक बोल्न आग्रह गरे पनि  राईले नबोल्ने र रोस्टम नछाड्ने भन्दै भने, ‘म यही बसिदिन्छु।’

त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरे।

असार १, २०८३ सोमबार १७:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।