इस्कनको आश्रमका बालबालिकामाथि यौन दुर्व्यवहार, प्रहरीले पक्राउ गर्यो श्रेष्ठलाई
काठमाडौँ : बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन)मा बालबालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको हो।
इस्कनमा भएको दुर्व्यवहारबारे पीडित र जानकारहरूले सामाजिक सन्जालबाट घटना विवरण सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा घटना विवरण सार्वजनिक भएपछि भारतबाटै अनुगमन गर्न एक टोली नेपाल आएको थियो।
श्रेष्ठले आश्रममा रहेका केही बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको भन्दै जाहेरी परेको आधारमा उनी समातिएका हुन्। उनी आश्रमसँग सम्बन्धित रहेको खुले पनि उनको पदीय जिम्मेवारी प्रहरीले खुलाएको छैन।
जेठ ३१, २०८३ आइतबार ११:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।