नायव सुब्बा कण्डेल घुससहित पक्राउ

नायव सुब्बा कण्डेल घुससहित पक्राउ

काठमाडौं : भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार घुस बापतको ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको थप २१ हजार रुपैयाँसहित कण्डेललाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

जेठ ३०, २०८३ शनिबार २०:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।