धितोपत्र घोटाला प्रकरण : व्यवसायीदेखि बीमकका सिईओसम्म ८१ जना प्रतिवादी (सूचीसहित)
काठमाडौं : धितोपत्र बजारमा सङ्गठित रूपमा सर्कुलर ट्रेडिङ गरी एक अर्ब १४ करोड बढी घोटाला गरेको अभियोगमा ८१ जनालाई प्रतिवादी बनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोग पत्रमा व्यावसायिक घराना, धितोपत्र ब्रोकर र आधा दर्जन बीमा कम्पनीका उच्च अधिकारीहरूलाई विपक्षी बनाइएको छ।
मुद्दाको मुख्य योजनाकारका रूपमा दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका सञ्चालक) र सुलभ अग्रवाल (शंकर ग्रुपका निर्देशक) लाई प्रस्तुत गरिएको छ। सुलभकी पत्नी शुभी अग्रवाललाई पनि कारोबारकर्ताको रूपमा प्रतिवादी बनाइएको छ।
यस्तै, प्रतिष्ठित व्यवसायी शेखर गोल्छा (हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष) र रोहित गुप्तालाई पनि प्रतिवादीको सूचीमा राखिएको छ।
नेपाल रि-इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफको शेयरमा सर्कुलर ट्रेडिङ गरी कृत्रिम मूल्य बढाएको सीआईबीको अभियोग पत्रमा उल्लेख छ। जगदम्बा स्टील्स र सौर्य सिमेन्टको कार्यालयको एउटै आईपी एड्रेस प्रयोग गरी शेयरको कृत्रिम माग सिर्जना गरिएको दाबी छ।
सरकारी वकिलको कार्यालयले सबै प्रतिवादीहरूबाट बिगो बमोजिमको रकम असुल गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ बमोजिम कैद र जरिवानाको माग गरेको छ। सरकारी वकिल कार्यालयले धितोपत्र सम्बन्धी ऐन, २०६३ को विभिन्न दफा अन्तर्गत सजाय र बिगो भराउने मागदाबी गरेको छ।
अभियोग पत्रमा उल्लेखित ८१ जना प्रतिवादीहरूको नामावली:
१. दीपक भट्ट (इन्फिनिटी होल्डिङ्सका निर्देशक)
२. शेखर गोल्छा (हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन अध्यक्ष)
३. ऋषराज मोर (क्रेष्ट माइक्रो लाईफ ईन्स्योरेन्सका तत्कालीन अध्यक्ष)
४. रोहित गुप्ता (हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक)
५. शुभी अग्रवाल (प्रतिवादी सुलभ अग्रवालकी पत्नी)
६. राज बहादुर शाह (व्यवसायी)
७. सन्दीप चाचन अग्रवाल (भृकुटी स्टक ब्रोकिङका कार्यकारी अध्यक्ष)
८. आशिष श्रेष्ठ (नेपाल माईक्रो ईन्स्योरेन्सका सञ्चालक अध्यक्ष)
९. मृगेन्द्र नाथ रिमाल (नेपाल माईक्रो ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत)
१०. रोहित करण वैद्य (क्रेष्ट माइक्रो लाईफ ईन्स्योरेन्सका लगानी संयोजक)
११. प्रतापमान श्रेष्ठ (क्रेष्ट माइक्रो लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत)
१२. निकोलस पाण्डे (लिबर्टी माइक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक अध्यक्ष)
१३. मनिष तिमिल्सिना (लिबर्टी माइक्रो लाईफ ईन्स्योरेन्सका लगानी संयोजक)
१४. रितेश प्रधान (हिमालयन क्यापसर्भका प्रमुख कार्यकारी अधिकृत)
१५. नरेश कुमार रोका (प्रोटेक्टिभ माइक्रो ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत)
१६. शाहिल अग्रवाल (हिमालयन रि-इन्स्योरेन्सका लगानी समिति संयोजक)
१७. सुलभ अग्रवाल (हिमालयन रि-इन्स्योरेन्सका तत्कालीन सञ्चालक अध्यक्ष)
१८. मनोज कुमार लाल कर्ण (हिमालयन लाईफ ईन्स्योरेन्सका कार्यकारी प्रमुख)
१९. दीपक कुमार श्रेष्ठ (हिमालयन सेक्युरिटी बैंकरका सञ्चालक अध्यक्ष)
२०. सुभास बहादुर श्रेष्ठ (हिमालयन सेक्युरिटी बैंकरका प्रमुख कार्यकारी अधिकृत)
२१. सुमेयर शम्शेर ज.ब. राणा (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका लगानी संयोजक)
२२. उदिप श्रेष्ठ (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक अध्यक्ष)
२३. त्रिशिला झुनझुनवाला (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका लगानी समिति संयोजक)
२४. उपासना पौडेल (हिमालयन रि-इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत)
२५. सिद्धान्त झुनझुनवाला (नेपाल माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
२६. लतिका गोल्यान (नेपाल माईक्रो ईन्स्योरेन्सकी सञ्चालक सदस्य)
२७. बद्री सिग्देल (नेपाल माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
२८. प्रविना दाहाल (नेपाल माईक्रो ईन्स्योरेन्सकी सञ्चालक सदस्य तथा लगानी समिति अध्यक्ष)
२९. सुजल मल्ल (नेपाल माईक्रो ईन्स्योरेन्सका लगानी समिति सदस्य)
३०. अमित मोर (हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक)
३१. राजीव मोर (हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक)
३२. शुभेच्छा खरेल (हिमालयन रि-इन्स्योरेन्सकी सञ्चालक)
३३. सुभास कुमार झुनझुनवाला (हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक)
३४. मनिष कुमार (हिमालयन रि-इन्स्योरेन्सका लगानी समिति सदस्य)
३५. सिताराम वाग्ले (हिमालयन सेक्युरिटी बैंकरका सञ्चालक)
३६. आकांक्षा गुप्ता (हिमालयन सेक्युरिटी बैंकरकी सञ्चालक)
३७. शिशिर गैह्रे (हिमालयन क्यापसर्भका अध्यक्ष)
३८. कपिल कुमार दाहाल (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका सञ्चालक अध्यक्ष)
३९. राजन् प्रसाद अधिकारी (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका सञ्चालक सदस्य)
४०. विदुर पुरी (क्रेष्ट माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
४१. बिनु घिमिरे (हिमालयन ईन्भेष्टमेन्ट बैंकरकी सञ्चालक सदस्य)
४२. नारायण कुमार अधिकारी (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका सञ्चालक सदस्य)
४३. उत्सव प्रधानाङ्ग (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका सञ्चालक सदस्य)
४४. सुवास पौडेल (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका लगानी सदस्य)
४५. शालिनी संघाई (हिमालयन ईन्भेष्टमेन्ट बैंकरकी लगानी सदस्य)
४६. प्रतिक जोशी (हिमालयन ईन्भेष्टमेन्ट बैंकरका लगानी सदस्य)
४७. डा. जयप्रकाश जैसवाल (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक)
४८. उदयनारायण भट्टराई (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक)
४९. प्रमोद प्रसाद भट्टराई (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक)
५०. ज्योती अग्रवाल (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सकी सञ्चालक)
५१. नवराज मुडभरी (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक)
५२. चिरायु भण्डारी (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत)
५३. ज्योती प्रकाश पाण्डे (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका लगानी समिति सदस्य)
५४. समीर खरेल (गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्सका लगानी समिति सदस्य)
५५. कीर्तीका अग्रवाल (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सकी सञ्चालक अध्यक्ष)
५६. दिनेश सरिया (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य/लगानी समिति संयोजक)
५७. निरू दाहाल (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सकी सञ्चालक सदस्य)
५८. नितेश मालपानी (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य/लगानी समिति सदस्य)
५९. गणेश राज पन्त (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
६०. भानुभक्त पोख्रेल (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
६१. दिपेश कुमार श्रेष्ठ (प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सका लगानी समिति सदस्य सचिव)
६२. मृदुला सरिया (क्रेष्ट माईक्रो ईन्स्योरेन्सकी सञ्चालक सदस्य)
६३. पवित्र लाल चुके (क्रेष्ट माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
६४. विनोद नरसिंह श्रेष्ठ (क्रेष्ट माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
६५. ईश्वरलाल श्रेष्ठ (क्रेष्ट माईक्रो ईन्स्योरेन्सका सञ्चालक सदस्य)
६६. सुनिता मर्हजन (क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्सकी सञ्चालक सदस्य)
६७. बलराम खत्री (लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य)
६८. नेहा अग्रवाल (लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सकी सञ्चालक सदस्य)
६९. आसिस सिंह (लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य)
७०. राम कुमार यादव (लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत)
७१. देवेन्द्र धिताल (लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्सका लगानी समिति सदस्य/वित्त विभाग प्रमुख)
७२. विवेक कुमार शाह (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य)
७३. लक्ष्मण ज्ञवाली (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य)
७४. राजिव प्रसाद प्याकुरेल (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य)
७५. आशिष ढकाल (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य/लगानी समिति संयोजक)
७६. सौरभ दुगड (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक समिति सदस्य/लगानी समिति संयोजक)
७७. सचिन आचार्य (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक समिति सदस्य)
७८. प्रमिला के.सी. (हिमालयन लाईफ ईन्स्योरेन्सकी सञ्चालक सदस्य)
७९. दिगम्बर झा (हिमालयन लाईफ ईन्स्योरेन्सका सञ्चालक सदस्य)
८०. श्रीमती सुधा कर्ण (भृकुटी स्टक ब्रोकिङकी सञ्चालक/शेयरधनी)
८१. श्री राजिव ठाकुर (भृकुटी स्टक ब्रोकिङका सञ्चालक/शेयरधनी)
जेठ २८, २०८३ बिहीबार १९:५९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।