करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न
काठमाडौं : प्रतिनिधिसभा सदस्यहरूले संसद्को अनुमतिबिना करका दर फेरबदल गर्न नपाइने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।
आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निश्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसद्मा पेस भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गरे।
करको दर सरकारले आफूखुसी बदल्न नपाइने विषयलाई ध्यान दिन उनले आग्रह गरे। बाढीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराए।
सांसद युवराज दुलालले बजेटले जेनजी आन्दोलनको भाव समेट्न नसकेको बताए। उनले मेलम्ची आयोजना प्रभावितको विषय बजेटमा समेट्नुपर्नेमा जोड दिए।
जेठ २८, २०८३ बिहीबार १७:०१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।