ईश्वरी भुजेल हत्यामा संलग्न नेपाली ब्रोसहितलाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरसहित चार जनालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले बुधवार थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो।
सामाजिक सञ्जालहरूमा नेपाली ब्रो उपनामले परिचित कुमार थापामाथि धारिलो हतियार प्रहार गरेर श्रीमती ईश्वरीको हत्या गरेको आरोप छ। उनलाई अहिले बालाजु प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको छ। गत शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती भुजेललाई धारिलो हतियारले हानेर हत्या गरेको आरोपमा पक्राउ परेका थिए।
घाइते भएकी उनलाई शिक्षण अस्पताल माहराजगञ्ज लगिएकोमा सोही दिन बेलुका साढे ११ बजे मृत्यु भएको थियो। उक्त घटनामा कुमारसँगै उनका भाइ विक्रम थापा मगर, पूजन थापा क्षेत्री र प्रतीक्षा आचार्यलाई समेत पक्राउ परेका छन्।
जेठ २७, २०८३ बुधबार १७:४८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।