संसदमा गृहमन्त्री सुधनको 'चहलपहल'
काठमाडौं : गोप्य प्रतिवेदनबाट गोप्य रूपमा सफाइ पाएर गृहमन्त्रीमा पून नियुक्त भएका सुधन गुरुङ बुधवार प्रतिनिधि सभाको बैठकमा संसद्को रोहबाट मन्त्रीको रोहमा गएर बसे। उनी पहिला सत्तापक्षको सांसदहरू बस्ने रोहमा थिए। पछि उनी त्यसबाट निस्किएर संसदमा मन्त्रीहरू बस्न छुट्टाइएको रोहमा गएर बसेका थिए।
उनी सांसदको सिटको रोहबाट निस्किएर जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीसँग छोटो संवाद गरेका थिए। त्यसपछि उनी मन्त्रीहरू बस्ने रोहमा गएर बसे। कुर्सीमा बसेपछि सँगै रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले उनीसँग हात मिलाउँदै बधाई दिएका थिए।
मंगलबार उनी गृहमन्त्रीमा नियुक्त भएपछि मन्त्रालयमा पहिलो निर्णय सार्वजनिक गर्दै दरबार हत्याकाण्डको छानबिन गर्ने लगायतका निर्णय सार्वजनिक गरेका थिए।



जेठ २७, २०८३ बुधबार १६:५०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।