एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने, कार्ययोजना बनाएर अघि बढ्न निगमको निर्देशन

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने, कार्ययोजना बनाएर अघि बढ्न निगमको निर्देशन

काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाएको छ।

निगमको एल.पि.ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगहरूलाई पत्राचार गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार ग्यास उद्योग गाभ्ने नीतिलाई निरन्तरता दिने निर्णय भएको जनाएको छ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एपली ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिएको हो।

निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ।

निगमले यो कदमबाट बजारमा धेरै ब्रान्डका कारण हुने अस्वस्थ प्रतिस्पर्धा हट्ने, बिक्री वितरण सहज हुने र उपभोक्ता हित प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिएको छ।

कात्तिक १६, २०८३ सोमबार १३:३३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।