हट्यो संसद्को गतिरोध, प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री संसदमा जवाफ दिदै
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसदमा उत्पन्न गतिरोध अन्त्य भएको छ।
विपक्षी दलहरूको लगातारको विरोध र अवरोधपछि बुधबार सत्तापक्ष र विपक्षी दलहरूबीच भएको सहमति अनुसार प्रतिनिधि सभाको बैठक सुचारु भएको हो।
सहमति बमोजिम परराष्ट्रमन्त्री शिशिर खनालले सोही विषयमा स्पष्टीकरण दिन संसदमा सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री बालेन शाहले जेठ १९ गते संसदको रोस्ट्रमबाट नेपालले पनि भारतको जमिन मिचेको रहेछ भन्ने अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका थिए।
सदनको गतिरोध अन्त्य गर्न बुधबार दलहरूबीच दुई बुँदे सहमति भयो, जसअन्तर्गत विपक्षीले अवरोध हटाउने र सो सम्बन्धमा परराष्ट्रमन्त्रीले सदनमा आधिकारिक जवाफ दिने तय भएको थियो।
सोही सहमति अनुसार अहिले परराष्ट्रमन्त्री खनालले प्रतिनिधि सभा बैठकमा सरकारको तर्फबाट स्पष्टीकरण दिइरहेका छन्।
जेठ २७, २०८३ बुधबार १५:४३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।