११ बजे बोलाइएका प्रतिनिधि सभा बैठक २ बजेका लागि सारियो
काठमाडौं : ११ बजे बोलाइएका प्रतिनिधि सभा बैठक २ बजेका लागि सारिएको छ।
विपक्षी दलहरूको अवरोध गर्दै आएपछि आन्तरिक छलफलका लागि भन्दै संसद सचिवालयले दिउँसो २ बजेका बैठक सारेको छ। बैठक सूचना टाँसेर सारिएको हो।
गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अवव्यक्ति दिएपछि प्रतिनिधि सभाको बैठकमा विपक्षीहरुले अवरोध गर्दै आएका छन्।
प्रधानमन्त्री शाहले संसदमा आएर आफूले बोलेका कुरा पुष्टि गर्न वा माफी माग्न माग गरिरहेका छन्। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठक अवरुद्ध गर्ने विपक्षी दलहरुको अडान छ।
मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरुले आफ्नो भनाइ राखेपछि बैठक अवरोध गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए।
तर आज विहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन।

जेठ २७, २०८३ बुधबार १३:१०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।