जेनेभा उडे श्रममन्त्री रामजी, उद्योगमन्त्री गौरीलाई कार्यवाहकको जिम्मेवारी

जेनेभा उडे श्रममन्त्री रामजी, उद्योगमन्त्री गौरीलाई कार्यवाहकको जिम्मेवारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन्।

मन्त्री यादव जेनेभा गएपछि उनको अनुपस्थितिमा मन्त्रालयको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई कार्यवाहक श्रम मन्त्रीको जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्रीले मन्त्री रामजी यादव विदेश भ्रमणबाट नफर्किएसम्मका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यवाहक जिम्मेवारी उद्योगमन्त्री गौरीकुमारी यादवले सम्हाल्ने गरी कार्यभार तोकेका हुन्।

जेठ २७, २०८३ बुधबार ०९:४४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।