पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
काठमाडौं : पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट गर्ने पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चोरीको सुनको सिक्री दुई थानसहित उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत देश गोरखपुर नौसरका ३५ वर्षीया अन्जु चमार, सोही ठाउँकी २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरती चमार, ३५ वर्षीया रिङ्कु चमार तथा १८ वर्षीया नन्दनी चमार रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने, “आज बिहान करिब ११:३० बजे पशुपतिनाथ मन्दिर परिसरभित्र पशुपतिनाथको दर्शन गर्न आएका मानिसहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।”
उनीहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता भट्टराईले बताए।
जेठ २६, २०८३ मंगलबार २२:२९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।