प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

सभामुखले कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने कार्यसूची छ।

यसैगरी, बैठकमा सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट अवधिभित्र फिर्ता नभएको जानकारी गराउने छन्।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ।

अर्थ मन्त्री वाग्लेले वक्तव्यसहित आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

जेठ २६, २०८३ मंगलबार ०७:५४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।