एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा मगर र सचेतकमा लामिछाने नियुक्त
बुटवल : एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले लुम्बिनी प्रदेश सभाको विधानअनुसार प्रमुख सचेतकमा मगर र सचेतकमा लामिछानेलाई नियुक्त गरेका हुन्।
दुवै जनालाई जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ। यस अघि प्रमुख सचेतक रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा मगर थिए।
चौधरीले सोमबार नै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेका छन्। त्यस्तै सचेतक रहेकी मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो।
जेठ २५, २०८३ सोमबार १९:१४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।