प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र उनले रोष्टममै माफी माग्नुपर्ने अडान राख्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

बैठकमा सभामुखले सबै सांसदहरूलाई आफ्ना भनाइ राख्न समय दिएका थिए। तर, त्यसपछि पनि संसदको अवरोध कायमै भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले बैठक केही समयका लागि स्थगित गरी दलहरूबीच छलफलको वातावरण बनाउन सभामुखसँग आग्रह गरेका थिए।

उनले भनेका थिए, ‘संसद नियमित चलोस् भन्नेमा प्रतिबद्धता छ, हाम्रो आफ्नो धारणा छ। प्रधानमन्त्रीको यो विषय सच्यिनुपर्छ। संसदको रेकर्डबाट हट्नुपर्छ र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षको अडान कायम छ। सत्ता पक्षबाट पनि विभिन्न अप्सनहरू सकारात्मक नै आएका छन् तर निष्कर्षमा पुग्न नसकिएको हुनाले केही समय बैठक रोकेर सभामुखले छलफलको वातावरण बनाइदिन आग्रह गर्छु।’

जेठ २५, २०८३ सोमबार १३:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।