ईश्वरी हत्या आरोपमा श्रीमान् 'नेपाली ब्रो'सहित चार जना पक्राउ, पाँच दिन म्याद थप
काठमाडौं : नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनको श्रीमान् नेपाली ब्रो भनिने कुमार थापा मगरसहित थप तीन जनालाई पक्राउ गरेको छ। शुक्रवार बेलुका धारिलो हतियारले हान्दा भुजेलको मृत्यु भएको थियो। त्यही दिन थापा पक्राउ परेका थिए। प्रहरीले हत्यामा संलग्न रहेको हुनसक्ने भन्दै अन्य तीन जनालाई पनि पक्राउ गरेर आइतबार अदालतबाट पाँच दिनको म्याद लिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा बस्ने ईश्वरीको शुक्रवार बेलुका हत्या भएको थियो। कुमार र इश्वरीबीच पारिवारिक विवाद रहेको र त्यहीक्रममा उनले श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको दाबी छ। अन्य तीन जना भने सहयोगी रहेको प्रहरीको दाबी छ।
प्रहरीले आइतबार थापासँगै नुवाकोटको तारकेश्वर–४ का ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पूजन थापा क्षेत्री र जुम्ला हिमा गाउँपालिकाका २५ वर्षीया प्रतीक्षा आचार्यलाई समेत पक्राउ गरेर हत्या आरोपमा अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ।
जेठ २४, २०८३ आइतबार १८:५७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।