चार हजार बढी वडामा र पाँच सय बढी पालिकामा रास्वपाको अधिवेशन सम्पन्न

चार हजार बढी वडामा र पाँच सय बढी पालिकामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएका छन्। केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम्म ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ।

थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएका छन्। शनिबार र भोलि रास्वपाको जिल्ला अधिवेशन हुँदैछ।

जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

यही जेठ २६ गतेदेखि रास्वपाको प्रदेश अधिवेशन सुरु हुँदैछ। प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सात वटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी कार्य प्रारम्भ भइसकेको प्रमुख केसीले जानकारी दिए। 

जेठ २३, २०८३ शनिबार २१:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।