बागलुङमा निर्माणाधीन जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिएर एक मजदुरको मृत्यु

बागलुङमा निर्माणाधीन जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिएर एक मजदुरको मृत्यु

बागलुङ : बागलुङको ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।

ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो।

आयोजनाको काम भइरहेका बेला डोजरबाट खसेको फलामे पाइपले च्यापिँदा विक गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि गलकोट नगरपालिका–३ हटियास्थित इमर्जेन्सी अस्पताल पुर्याइएको थियो। घाइते विकको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिए।

डोजर चालकलाई नियन्त्रणमा लिइएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ। 

जेठ २३, २०८३ शनिबार १६:३०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।