काठमाडौं र ललितपुरका यी स्थानमा आज १० बजेदेखि बत्ती जाने
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको १३२ के.भी. प्रसारण कन्डक्टर स्तरोन्नति आयोजनाले स्युचाटार सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति कार्य गर्न लागेकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
प्राधिकरणका अनुसार आज निम्न वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरूमा विद्युत आपूर्ति प्रभावित हुनेछ:
१. कुलेश्वर वितरण केन्द्र अन्तर्गत:
सबस्टेसन गेट, खड्का गाउँ, पुरानो नैकाप, सिर्जना चोक, इन्द्रथान, गुर्जुधारा, हाई भिजन कोलोनी, बाफल, इच्छु नारायण मन्दिर, पाँचधारा मोड, स्वयम्भू, सानो भर्याङ, भगवानपाउ, गौतम गाउँ, हसनटार, गोदामथोक, सीताराम स्कुल, फस्कु, जयन्ती गाउँ, रामकोट, भीमढुङ्गा, छत्रे देउराली, कलङ्की, रविभवन, लामपाटी, गाईडाबाच्छा पाटी, बल्खु, ढुङ्गेअड्डा, नैकाप, सतुङ्गल, बोसीगाउँ, प्राधिकरण मार्ग, सुनारगाउँ, सोल्टीमोड, छाउनी, टेलिकम, आर्मी हस्पिटल, परोपकार, टङ्केश्वर, डल्लु, बिजेश्वरी, चःमती, खसीबजार, कुलेश्वर आवास क्षेत्र, साल्ट ट्रेडिङ, सीता पम्प र महेन्द्र रत्न क्याम्पस लगायतका क्षेत्रहरू।
२. कीर्तिपुर वितरण केन्द्र अन्तर्गत:
मैत्रीनगर, ट्वाङ्ला फाँट, कीर्तिपुर, सल्यानस्थान, बल्खु, चोभार, भाजङ्गल, आदिनाथ, भूतखेल, टौदह र त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर लगायतका स्थानहरू।
३. रत्नपार्क वितरण केन्द्र अन्तर्गत:
न्यूरोड, धरहरा, रङ्गशाला, सुन्धारा, खिचापोखरी, हनुमानढोका, वसन्तपुर, थापाथली, माइतीघर, विष्णुमती खोला, सोह्रखुट्टे, टेकु, स्वास्थ्य सेवा विभाग, त्रिपुरेश्वर, कालिमाटी, क्षेत्रपाटी, असन, इन्द्रचोक, भीमसेनस्थान र लगन चोक लगायतका क्षेत्रहरू।
४. पुलचोक वितरण केन्द्र अन्तर्गत:
बल्खु हेल्थ पोस्ट, सानेपा, झम्सीखेल, पुलचोक, हरिहर भवन, नख्खु चोक, बागडोल, धोबीधारा, धोबीघाट, नयाँबाटो, भैंसेपाटी, सिद्धिविनायक टोल, मञ्जुश्री र कुपण्डोल लगायतका स्थानहरू।
स्युचाटार सबस्टेसन बन्द हुँदा काठमाडौं उपत्यका भित्रका अन्य सबस्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत आंशिक प्रभाव पर्न सक्ने तथा मौसम प्रतिकूल रहेमा निर्धारित समय हेरफेर हुन सक्ने प्राधिकरणले जनाएको छ।
जेठ २३, २०८३ शनिबार ०९:३७:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।