श्रीमती हत्या गरेको आरोपमा समातिए टिकटकर नेपाली ब्रो

श्रीमती हत्या गरेको आरोपमा समातिए टिकटकर नेपाली ब्रो

काठमाडौं : टिकटकमा नेपाली ब्रोको रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। बालाजुमा उनले आफ्नो श्रीमतीको हत्या गरेको आरोपमा शुक्रवार बेलुका पक्राउ परेका हुन्।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए। रड लागेर घाइते भएकी उनलाई शिक्षण अस्पताल माहराजगञ्ज लगिएकोमा बेलुका साढे ११ बजे मृत्यु भएको थियो।

वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी नेपाली ब्रोको रुपमा परिचित थिए।

जेठ २३, २०८३ शनिबार ००:५४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।