सुन लुकाइएको भेप साटेको आरोपमा नासु खड्कालाई थुनामा पठाउने आदेश

सुन लुकाइएको भेप साटेको आरोपमा नासु खड्कालाई थुनामा पठाउने आदेश

काठमाडौं : विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेको छ।

अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले शुक्रबार  खड्कालाई थुनामा पठाउन आदेश गरेको हो। 

सुटकेशमा विद्युतीय चुरोट (भेप)भित्र लुकाएर ल्याइएको सुन तस्करीका लागि भेप साटेको आरोपमा नासु खड्कामाथि मुद्दा चलेको थियो। व्यावसायिक प्रयोजनमा सामान ल्याउनुपर्नेमा भेप ल्याइएको भेटेपछि सुटकेश बरामद गरेको थियो।

जेठ २२, २०८३ शुक्रबार १९:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।