कारण नखुलाई स्वास्थ्य मन्त्रालयले गर्यो पदाधिकारी नियुक्तिको दरखास्त स्थगित
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यका विभिन्न संस्थामा पदाधिकारी नियुक्तिका लागि खुलाएको दरखास्त केही दिनका लागि भन्दै स्थगित गरेको छ। तर, स्थगित गर्नुको कारण भने नखुलाई गोप्य राखिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २०८३ जेठ प्रकाशित विभिन्न परिषद्हरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारी र सदस्यका लागि आवेदन माग गरिएको सूचना विशेष कारणवश अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
मन्त्रालयले केही दिनमा नै अर्को सूचना प्रकाशित गरिनेसमेत जनाएको छ। मन्त्रालयले दरखास्त आह्वानको समय केही दिन स्थगित भएको जानकारी गराउँदै जेठ २२ मा सूचना प्रकाशित गरे पनि सो सूचनाको ‘लेटर प्याड’मा भने दरखास्त स्थगित भएको मिति नै लेखिएको छैन।
जेठ २२, २०८३ शुक्रबार १८:२८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।